रुपन्देही मायादेवी गाउँपालिका भिलरहवा निवासी ५० वर्षीय रमेश लोध मंगलबार बिहान आफन्तको बिहेमा जन्ती गएर घर फर्किँदै थिए।  विवाह भइरहेको स्थानभन्दा सय मिटरको दूरीमै उनको यात्रा टुङ्गियो।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार मध्यान्ह १२ बजे रमेशले चलाएको मोटरसाइकललाई बनकटियामा ट्रकले ठक्कर दिएको हो।

रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डको बनकटियामा भएको यो दुर्घटनामा रमेशले ज्यान गुमाए।

भैरहवाबाट लुम्बिनी तर्फ जाँदै गरेको लु १ ख ३३१४ नंं को ट्रकले रमेशले चलाएको लु. २ प १८७९ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनास्थलमै रमेशको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट लुम्बिनीका प्रहरी सहायक निरिक्षक नारायण प्रसाद भण्डारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार