महानगरीय प्रहरी वृत्त गौशलाले पशुपति क्षेत्रबाट १० केजी गाँजासहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरु बालकबाद र मिरा बाइ रहेका छन्।
उनीहरु शिवरात्रीको अवसरमा पशुपतीनाथ मन्दिर दर्शन गर्न भारतबाट आएकाे प्रहरी वृत्त गौशलाले जनाएको छ।
यता पशुपति क्षेत्रमा शिवरात्रीको दिन गाँजा–भाङ, जाँड रक्सी जस्ता नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।
उनीहरु माथि थप अनुसन्धान भइरहेकाे छ।