काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नवीना लामाले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको चरित्र हत्या गर्न खोजिएको बताएकि छिन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा मन्त्री बाँस्कोटाले ७० करोड कमिसनका लागि बार्गेनिङ गरिरहेको अडियो बाहिर आएपछि श्रव्य सामाग्रीका आधारमा उहाँको चरित्र हत्या गर्न खोजिएको सांसद लामाले बताएकि हुन् ।

‘सञ्चार मन्त्री गोकुल बाँस्कोटा कमरेड विरुद्धको पछिल्लो प्रकरण नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजीपति, व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज हो’ फेसबुक स्ट्याटस्मा लामाले लेखेकी छिन् , ‘सत्य तथ्य बाहिर आओस्, तबसम्म धैर्य गरौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार