काठमाडौँ : काठमाडौँको बालाजुस्थित गंगाहल अगाडि गएराति ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार व्यक्ति भने गम्भीर घाइते भएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार माछापोखरीबाट बालाजुतर्फ आउँदै गरेको बा२ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा७८प १४० नम्बरको मोटरसाइकल शनिबार राति सवा ११ बजे आपसमा ठोक्किएका थिए ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट, ३५ किलो घर भएका २२ वर्षीय निखिल तामाङ र पछाडि सवार सोही ठाउँका २२ वर्षकै रुपेश तामाङलाई उपचारको लागि महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो ।उपचारकै क्रममा निखिलको आइतबार बिहान सवा ५ बजे मृत्यु भएको महाशाखाले जनाएको हो । ट्याक्सीसहित चालकलाई महानगरीय प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार