रौतहटमा ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन् ।

गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिएको हो । चन्द्रनिगाहपुरबाट पश्चिमतर्फ जंगलमा मानसिक सन्तुलन नभएकी एक महिलालाई बचाउने क्रममा ट्रकले सन्तुलन गुमाउँदा प्रहरी भ्यानसँग ठोक्किएको बताइएको छ ।

दुर्घटनामा गौर बसपार्कका इन्चार्ज प्रहरी नायव निरीक्षक मनोज सिंह र मठिहा प्रहरी चौकीका इन्चार्ज गौविन्द यादव गम्भीर घाइते भएका छन् । उनीहरु दुवैलाई चन्द्रनिगाहपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार