काठमाडौं – यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दैनिक नयाँ रेकर्ड कायम भएको छ । साताको चौथो दिन आज बुधवार ५०.९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलब ४३ विन्दुमा कायम भएको छ भने ४ अर्ब १५ करोड ४८ लाख ८३ हजारको कारोबार भएको छ । जुन इतिहासकै सबैभन्दा बढी कारोबार हो ।

दिनभरको बजारमा १८० कम्पनीको ९९ लाख ६ हजार ९८९ कित्ता सेयर किनबेच भएको छ । सो दिन ८ वटा कम्पनीको १० करोड भन्दा माथिको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार