काठमाडौं – कोरोना भाइरसको कारण होटल व्यवसाय संकटमा पर्ने देखिएको छ ।  छिमेकी मित्रराष्ट्र चीनबाट संक्रमित कोरोना भाइरसको प्रत्यक्ष असर पर्यटन व्यवसाय ‘होटल’मा देख्रिएको हो । सरकारले भ्रमण वर्ष मनाइरह्दा विश्वलाई नै आतंकित पार्ने गरी फैलिएको कोरोना भाइसरका कारण पर्यटनहरू घुमफिर गर्न अर्थात अन्यत्र देशकमा जान छाडेका हुन् ।

यसको प्रत्यक्ष असर होेटल व्यवसाय परेको छ ।  पर्यटक आगमनको मुख्य समय तथा भ्रमण वर्ष शुरु भएको यस मौसममा सबै होटल भरिभराउ हुनुपर्नेमा रित्ता हुँदै गएका छन् भने भएका बुकिङ समेत रद्द गरिएको अवस्था छ । यसरी नै पर्यटक घट्दै जाने हो भने अबका दिनमा होटलमा काम गर्ने कर्मचारीलाई तलव भत्ता समेत खुवाउन गाह्रो पर्ने होटल व्यवसायीले दुखेसो पोखेका छन् ।

नेपालमा जनवरीमा ७९ हजार ६ सय ८६ जना पर्यटक नेपाल भित्रिएका थिए । सोमध्ये चीनबाट मात्रै १३ हजार ३ सय १ पर्यटक नेपाल आए । अध्यागमन विभागका अनुसार फेबु्रअरीमा सो संख्या ह्वात्तै घट्ने देखिएको छ । यो अवधिमा पर्यटकको संख्यामा ७५ प्रतिशतले कमी आउने विभागले जनाएको छ ।

फेब्रुअरीमा यो पर्यटन आगमन अझ घट्ने अनुमान गरिएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने तयारी गरिरह्दा सन् २०१९ मा भने नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक भित्रिए । सोमध्ये चीनबाट १ लाख ६९ हजार ५ सय ४३ पर्यटक नेपाल भित्रिएका थिए ।

भ्रमण वर्षका लागि भनेर २५ लाख पर्यटकलाई सत्कार गर्न सकिने गरी पूर्वाधार तयार पारियो,’ ती व्यवसायीले भने ‘सरकारले एकतर्फी रुपमा निर्णय गरिदिँदा व्यवसाय बन्द गर्नु पर्ने अवस्था आएको छ ।’ पर्यटन मन्त्री योगेश भट्टराईले चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालले विदेशमा गर्ने पर्यटनको प्रचारप्रसार तत्कालका लागि स्थगित गरेका छन् । विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोनाको उच्च जोखिम भएको मुलुकमा राखेको छ ।

यसरी सरकारले व्यवसायीसँग सर–सल्लाह नगरी सिधै पर्यटन आगमनमा वाधा पर्ने गरी एकतर्फी निर्णय गर्दा व्यवसायीलाई आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘अहिले पर्ख र हेरको अवस्था छ, विदेशी पर्यटक आएका छैनन, बनेका पूर्वाधार पनि थन्कने अवस्था आयो,’ ती व्यवसायीले गुनासो गरे । दुई महिना भैसक्यो, अझ अवस्था बिग्रदो छ, यतिबेला पर्यटन व्यवसाय संकटमा परेको छ यस्तो अवस्थामा प्रश्न सोधेर घाउमा नुन छर्ने काम नगर्नु,’ ती व्यवसायीले पीडा पोख्दै भने । हामी केही बोल्नु पर्दैन,’ सबै देखिएकै छ । हामी यतिबेला दुःखमा छौं ।’

चीनबाट पर्यटक घट्ने देखिएपछि व्यवसायीहरू अन्य देशबाट पर्यटक भित्र्याउने तयारीमा जुटेका थिए । विकल्प समेत बन्द हुने गरी गरिएको सरकारी निर्णयले व्यवसाय कसरी टिकाउने चिन्तामा उनीहरू परेका छन् ।

कहाँ कति छन ५ तारे होटल ?

पर्यटन विभागको तथ्यांङ अनुसार नेपालमा साना ठूला गरी करिब १ हजार ४० वटा होटल संचालनमा रहेका छन् । नेपालमा हाल १४ वटा पाँच तारे होटल रहेका छन् । सोमध्ये वागमती प्रदेशमा  ९, गण्डकी प्रदेशमा २ र ५ नम्बर प्रदेशमा ३ वटा रहेका छन् भने प्रदेश नम्बर १, २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पाँच तारे होटल नै छैनन् । सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएकोले पछिल्लो समय होटल व्यवसायमा लगानी बढ्दै गएको छ ।

होटल एशोसिएसन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले भ्रमण वर्षक लागि पूर्वाधार तयार पारेर २५ लाख पर्यटकलाई राख्न सक्ने बनाएपनि सन् २०१९ मा क्षमताको आधामात्र उपयोगमा आयो,’ उनले भने ‘अब अहिले त त्यो अवस्था नै रहेन, कुपेन्सी दिनप्रतिदिन घट्दो अवस्थामा छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार