सुन एकै दिन तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ। शुक्रबार एक तोलाको ७९ हजार २ सय रुपैयाँ थियो। तर, आज (आइतबार) घटेर तोलाको ७८ हजार रुपैयाँमा झरेको छ।

सुन निरन्तर बढेर तोलाको ८० हजार ३ सयसम्म पुगेको थियो। अहिले केही घट्न पुगेको छ। कोरोना भाइरसका कारण निरन्तर बढेको सुनको मूल्य केही दिनयता घट्दै आएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार