विश्वभरी त्रासमा रहेको नोभल कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा मर्नेहरुको संख्या ६ जना पुगेको छ । भाइरस संक्रमितको संख्या पनि एक सय पार भएको छ । सोमवार वाशिङटन राज्यको विभिन्न क्षेत्रमा चार जनाले कोरोनाकै कारणले ज्यान गुमाएका छन् ।

यो संख्या अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । संक्रमित र मर्नेको संख्या बढेसँगै कोरोना भाइरस रोक्नको लागि समेत सतर्कता अपनाइएको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेहरु सबै वाशिङ्टन राज्यको रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण बढेसँगै अमेरिकाले विदेशबाट भ्रमणको लागि प्रतिबन्ध लगाउने, विद्यालयहरु बन्द गरेको छ । समग्रमा पनि अमेरिका सरकारले आपतकालीन अवस्थाको घोषणा गरिसकेको छ ।

शनिबार र आइतबार मात्र अमेरिकामा दुई दर्जनभन्दा बढी कोरोना भाइरसको संक्रमण पाइएको थियो । साथै यो अवधिमा दुईजनाको ज्यान गएको थियो । अमेरिकामा यो भाइरसबाट संक्रमितको संख्या पनि एक सय २ पुगेको छ । विश्वभर यो भाइरसबाट मर्नेको संख्या ३ हजार नाघिसकेको छ भने भाइरस ५० भन्दा बढी मुलुकमा फैलिइसकेको छ ।

विश्व स्वास्थ्य संगठनको संकटकाल

यस अघि नै विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरसको संक्रमण सुरु भए लगत्तै स्वास्थ्य संकटकालको घोषणा गरेको थियो । नेपाल सहित १९६ मुलुक पक्ष राष्ट्र भएको इन्टरनेसनल हेल्थ रेगुलेसन (२००५) सन्धिको मापदण्ड अनुसार कोरोनाको कारण २१६ जनाको ज्यान गएपछि संगठनले यस्तो घोषणा गरेको थियो ।

स्वास्थ्य संकटकालको लागि खासगरी जनस्वास्थ्यमा ‘गम्भीर, अचानक, असमान्य र अप्रत्यासित’ अवस्था देखा परेर त्यसलाई अन्तराष्ट्रिय रुपमा सम्बोधन गर्नुपर्ने अवस्था आएको खण्डमा मात्रै विश्वभरी स्वास्थ्य संकटकाल घोषणा गर्ने पद्धति रहेको छ ।

स्वास्थ्य संकटकालको विगत

विश्वमा स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले ‘कोरोना भाइरसको निगरानी, इपिडिमियोलोजी, मोडलिङ, निदान, चिकित्सकीय स्याहार तथा उपचार तथा संक्रमणको पहिचान, व्यवस्थापन तथा नियन्त्रण गर्ने अन्य उपायहरू खोज्ने कार्यमा अनुसन्धानकर्ता र अन्य विज्ञहरूसँग विश्वव्यापी रुपमा सहकार्य गरिरहेको’ धारणा सार्वजनिक गरेको तीन दिनपछि नै संगठनले ‘अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य संकट’ घोषणा गरेको थियो ।

संगठनको यो छैटौं स्वास्थ्य संकटकाल घोषणा हो । सन् २००९ मा स्वाइन फ्लु (एचवानएनवान), २०१४ मा पोलियो र २०१४ मै इबोला, २०१६ मा जिका भाइरस र २०१८ मा किभु इबोलाका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको थियो । २०१८ को स्वास्थ्य संकटकाल घोषणापछि निकै विवादित पनि बन्यो ।

विगतको तुलनामा संकटकाल घोषणा गर्न विश्व संगठन हतारिएको एकथरी विज्ञहरूको बुझाइ छ । उनीहरूका अनुसार संक्रमितमा तीन प्रतिशत मृत्युदर भएको भाइरस लाग्दैनमा संकटकालकै तहमा पुग्नु आवश्यक थिएन ।

कोरोनाका कारण मृत्युहरू अधिकांश रोग प्रतिरोधात्मक क्षमता कम भएका ज्येष्ठ नागरिक र बालबालिका छन् । यो घोषणाले कोरोना भाइरसको संक्रमण भएपछि मृत्यु नै हुँदोरहेछ भन्ने सन्देश गएको उनीहरूको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार