काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सयले बृद्धि भएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८० हजार ५ सय रहेको थियो । आज भने मूल्य बृद्धि भइ प्रतितोला छापावाला सुन ८० हजार ७ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै तेजावी सुनको मूल्य ८० हजार ४ सय रहेको छ ।

बिहीवार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । त्यस्तै आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंमघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार