काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । आइतवार तथा सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८२ हजार ५ सय रहेको थियो ।

आज तोलामा २ सयले बृद्धि भइ प्रतितोला छापावाला सुन ८२ हजार ७ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ८२ हजार ४ सय रहेको छ ।

तर आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले कमि आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ८ सय ९० रहेको थियो । भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी ८ सय ८० मा कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार