काठमाडौं – देशभित्र कोरोना भाइरस संक्रमित अवस्थामा कोहीपनि छैनन् । सरकारले तीन महिनाका लागि दैनिक उपभोग्य सामाग्री संचित रहेको बताइरहेको छ । विश्व बजारमा पेट्रोलियम पद्धार्थ र ग्याँसको मूल्यमा व्यापक गिरावट आएको छ । ती वस्तु सहजै देशभित्र भित्रिएका छन् । तर, उपभोक्ताले खाद्यान्न, पेट्रोलियम पद्धार्थ र ग्याँस पाउन कठिनाई भोगिरहेका छन् ।

बजारमा ग्याँस पाउन मुश्किल छ । ग्याँस डिलरहरुले सहज आपूर्ति गर्न सकेका छैनन् । उपभोक्ताले बढी सञ्चित गर्न थालेपछि समस्या भएको ग्याँस उत्पादक र डिलरहरु बताइरहेका छन् । आपूर्तिमन्त्री लेखराज भट्ट पनि सञ्चित अत्याधिक गर्ने समस्या बनेको बताउँछन् ।

बजारमा खाद्यान्नको संकट आउनसक्ने देखिएको छ । दैनिक उपभोग्य सामाग्री पाउन मुश्किल छ । यसले मूल्य वृद्धिको सम्भावना बढेको छ ।

बजारमा मास्क पाउन मुश्किल छ । मास्क चलेको मूल्यभन्दा पाँच छ गुना बढीले विक्रीवितरण गर्नेहरु देखिएका छन् । मास्कको कालो बजारी चलेको छ । मास्क लुकाउनेहरुलाई धमाधम छापा मार्न थालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार