काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आज प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यावसायि महासंघले जनाएको छ ।

आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर ७७ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि केहि बढेको छ । आज चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार