काठमाडौं- ओमानले मंगलबारदेखि गैरओमानीलाई ओमान प्रवेशमा रोक लगाउने भएको छ। कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै ओमान सरकारले जिसिसी बाहेकका गैरओमानी नागरिकलाई अनिश्चितकालका लागि प्रवेश रोक लगाउने निर्णय गरेको हो।

योसहित ओमान सरकारले ५ वटा निर्णय गरेको छ। जसमा जुनसुकै मार्गबाट ओमान प्रवेश गर्नेहरु क्वारेन्टाइनमा बस्नुपर्नेछ। शुक्रबारको प्रार्थना बन्द रहनेछ।

सार्वजनिक बगैँचा तथा पार्कहरु पनि बन्द रहनेछन्। सामाजिक जमघट तथा पार्टी भोजमा समेत ओमानले रोक लगाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार