काठमाडौं– प्रहरीले काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान मास्क बरामद गरेको छ । त्यहाँ लुकाएर राखिएको सर्जिकल मास्क बरामद भएको हो ।


चन्द्रागिरी नगरपालिका १० विष्णुदेवी गोदाममा यी मास्क लुकाइएको थियो । १२० वटा बोरामा राखिएको मास्क प्रहरीले बरामद गरेको जनाएको छ ।

पछिल्लो समय प्रहरीले काठमाडौंमा मास्क बरामद निकै बढाएको छ । अनि मास्कको बिक्रीमा कालोबजारी गर्नेहरुलाई पनि धमाधम कारवाही गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार