काठमाण्डौ – बिरगंजका एक नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण भएको बताइएको छ । ६ दिनअघि बिरगंजको गण्डक अस्पतालबाट रेफर गरिएका ति व्यक्तिलाई कोरोना भएको भारतको पटनास्थित एक अस्पतालले पुष्टि गरेको भनिए पनि पुष्टी भइसकेको छैन ।

विरगंजबाट संवाददाता आरोहण शाहका अनुसार जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यस विषयमा जानकारी लिने क्रममा रहेको बताएका छन् ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार ति व्यक्ति एक हप्ताअघि विरगंजको गण्डक अस्पताल पुगेका थिए । अस्पतालले उपचार नगरेपछि ति व्यक्ति भारतको पटनास्थित पिएमसी अस्पताल पुगेको बताइएको छ ।

कोरोना संक्रमित व्यक्तिका बारेमा पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित समाजवादी पार्टी नेपालका सांसदले फेसबुकमा स्टाटस राखेका थिए । उनले उक्त स्टाटस अहिले हटाएका छन् ।

सांसद यादवले कोरोना संक्रमण भएको पुष्टि भएका व्यक्तिको नाम शिवकुमार रुंगाटा भएको लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार