काठमाडौं – नर्भिक अस्पताल र वसन्त चौधरी फाउण्डेशनले सरकारद्वारा गठित ‘कोरोना कोष’ मा ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गरेको छ ।

फाउण्डेशनका अध्यक्ष वसन्तकुमार चौधरीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले लेखेका छन्,‘नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं।’

मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एकमहिनाको पारिश्रमिक योगदान गर्ने बताइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार