तनहुँ – बन्दिपुर गाउँपालिकाको एउटा वडाले ज्यालादारी विपन्न परिवारलाई म्याद सकिएको चामल वितरण गरेको छ । बन्दिपुर गाउँपालिकाको वडा न. ५ कल्चोक क्षेत्रका ८ ज्यालादारी विपन्न परिवारलाई राहत स्वरुप १५–१५ किलोग्राम चामल बिहिवार वितरण गरेको थियो ।

देशैभर कोरोनाको त्रासले लकडाउन भैरहदा सरकारको विपन्न तथा ज्यालादारी परिवारलाई राहत खाद्यान्य सामाग्री वितरण कार्यक्रम अन्र्तगत बन्दिपुर गाउँपालिकामा विपन्न परिवारमाथी यस्तो अन्याय गरेकोे हो । ८ परिवारलाई नै दिइएको राहत चामल कुहिएको छ ।

हेर्दा कालो रंगको देखिने उक्त सडेको चामल कुखुरा र सुँगुरलाई कुँडो बनाएर दिन थालेका छन् । गाउँपालिकाको उक्त घृणित कार्यले स्थानियहरु आक्रोसित भएका छन् । मानवियताको पनि ख्याल नगरी बन्दिपुर गाउँपालिकाले सार्वजनिक खरिद ऐन विपरित कार्य गर्नु बन्दिपुर वासीको लागि दुभाग्र्य हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार