काठमाडौं – श्रीलकाले नेपालबाट ७६ जना आफ्ना विद्यार्थीहरुलाई स्वदेश फिर्ता लगेको छ ।

शुक्रबार श्रीलंकन एयरको जहाजले उनीहरुलाई लगेको हो । चार्टर्ड जहाज काठमाडौंबाट साढे १२ बजे कोलम्बोका लागि उडेको छ ।

श्रीलंकाले केही दिनयता दक्षिण एसियाली मुलुकहरुबाट आफ्ना विद्यार्थीहरुलाई फिर्ता लगिरहेको छ । श्रीलंकाले भारत, पाकिस्तान र नेपालबाट आफ्ना विद्यार्थीलाई लैजाने अभियान चलाएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध निरन्तर लम्बिएपछि यहाँ विभिन्न मुलुकका हजारौं मानिस फसेका थिए । उनीहरुलाई सम्बन्धित मुलुकको दूतावासको पहलमा फिर्ता लैजाने क्रमः जारी छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले नेपालमा ४ चैतपछि अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार