हरप्रहर सम्वाददाता, काठमाडौं – झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यी नयाँ संक्रमित झापाको राजगढ निवासी हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार