काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले र्यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) रोक्न माग गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीले पूर्व स्वास्थ्यमन्त्रीहरू र विज्ञहरूसँग गरेको छलफलले परीक्षणलाई समुदाय स्तरमा पुर्याउनुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘र्यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ र पीसीआरकै क्षमता र दायरा बढाइनुपर्छ ।’