ललितपुर – ललितपुर महानगरको १५ वडाले आजदेखि नि:शुल्क भोजनको व्यवस्था गरेको छ ।

लकडाउनका कारण आर्थिक रुपले बिपन्न र दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरुको पेट भोको नरहोस् भन्ने उदेश्यसहित नि:शुल्क भोजनको व्यवस्था गरिएको नेकपा ललितपुर जिल्ला कमिटि सदस्य सरस्वति खड्काले जानकारी दिनुभयो ।

आज आर्थिक रुपले बिपन्न र दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरुको नि:शुल्क भोजनका लागि उल्लेख्य उपस्थिति रहयो ।

लकडाउन आवधिभर सातदोबाटो स्थित महेन्द्र आवासीय बिध्याश्रम र शान्तिनगरमा आजदेखि दैनिक नि:शुल्क भोजनको व्यवस्था हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार