काठमाडौं – सरकारले लकडाउन अवधिमा घरमा बसेका कर्मचारीहरुको सो अवधिको विदालाई सार्वजनिक विदा कायम गर्ने भएको छ । उक्त अवधिको समेत तलब भत्ता दिने निर्णय गरेको छ ।

आज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हो । योसँगै सरकारी कर्मचारीहरुको लकडाउन अवधिभरको बिदा कायम भई तलब समेत पाक्ने भएको छ ।

राजपत्रको सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउने गरी सो अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार