कपिलवस्तु – एक महिनामा यहाँ जबर्जस्ती करणीका सात घटनामा उजूरी दिइएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घटनाका पीडितमा १० किशोरी र एक महिला छन् । किशोरीहरु आफन्त र चिनजान भएका व्यक्तिबाटै पीडित भएका छन् । घटना आफन्त र छरछिमेकबाट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

जबर्जस्ती करणीका सात मुद्दा दर्ता भई अदालतबाट म्याद थपिएको प्रनाउ मल्लको भनाई छ । जिल्लामा चालु आर्थिक वर्षको अहिलेसम्म जबर्जस्ती करणीका २६ मुद्दा दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार