काठमाडौँ – बलिउड नायक इरफान खानको निधन भएको छ ।

उनको ५३ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार पुर्याइएको थियो । जहाँ उनको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

भारतीय समाचार माध्यम जुम टिभीले उनको निधन भएको खबर प्रकाशित गरेको हो ।

बुधबार बिहान मृत्युवरण गरेका बलिउडका उत्कृष्ट अभिनेता इरफान खानकी आमाको चार दिन अघि मात्रै मृत्यु भएको थियो ।

उनकी आमा साइदा बेगमको गत शनिबार मृत्यु भएको हो । उनी ९५ वर्षकी थिइन् ।

खराब स्वास्थ्य र लकडाउनका कारण इरफान आफ्नी आमाको अन्तिम संस्कारमा उपस्थित हुन नसकेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

इरफान खान राजस्थानको टोंकको नवाबी खानदानसँग सम्बन्धित थिए । उनको वाल्यकाल पनि टोंकमा नै बित्यो । उनका आमा–बुवा दुबै टोंकमा बस्दथे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार