काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफूमाथि देखिएको संकट टरेको भोलिपल्ट मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली प्रसन्न मुद्रामा प्रस्तुत भएका छन् ।

पार्टी सचिवालयमा नेताहरु एकताबद्ध भएको भन्दै उनले खुसी साटेका हुन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले खुसीसाथ काममा जुट्न मन्त्रीहरुलाई निर्देशन दिएको स्रोतले बताएको छ ।

बैठकले वैशाख २६ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । साथै १५ जेठमा बजेट ल्याउनुपर्नेछ । प्रधानमन्त्रीले खुसीसाथ बजेट निर्माणमा जुट्न भनेको एक मन्त्रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार