सिरहा – पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ मैनाबत्ती पुलमा ट्रकको ठक्करबाट आज बिहिवार विहान एक महिलाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख. ३३०९ नम्बरको ट्रकले ठक्करदिंदा साइकलमा सवार सिरहाकै धनगढीमाई नपा १० कि ३५ वर्षीया बिन्दा साफीको घटनास्थलमै ज्यान गएको हो ।

विष्णुपुर गाउँपालिकामा रहेका आफन्तकोमा गइरहेको बेला मैनाबत्ती पुलको बीच भागमा पुगेपछि ट्रकले ठक्कर दिएर उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । ‘एकैपटक दुईवटा ट्रक आएका बेला डराएर साइकल अनियन्त्रित भई ट्रकमा ठोकिएको हुनसक्छ ।’ इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले जनकारी दिए ।

ठक्कर दिने ट्रक र चालक आफ्नो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ । ट्रक पोखराबाट विस्कुट बोकेर धरानको लागि जाँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार