काठमाडौं – कोरोना संक्रमणको सन्त्रासपछि देश बन्दाबन्दीमा छ । सडकमा अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट पास लिएका सवारीबाहेक अन्यलाई चल्न बन्देज लगाइएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयले आवश्यक कामका लागि सवारी साधनलाई कागजात पुर्याएर ‘पास’ दिँदै आएका छन् ।
नेपाल प्रहरीका एक प्रहरी अधिकृतले कतिपय स्थानीय तहका अध्यक्ष, वडाध्यक्ष र सचिवले सवारी नम्बर र यात्रु संख्यासमेत तोकेर ‘आवश्यक सहजीकरण गरिदिनू’ भन्दै आफूखुसी सिफारिस बनाएर पठाउने गरेको बताएको आजको राजधानी दैनिकमा खवर छ ।