काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिनेहरूको संख्या बढेको छ ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन बेला पनि पनि उजुरीमा कमी नआएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

‘अधिकांश उजुरी अनलाइनबाट आएका छन्’ कोइराला भन्छन्, ‘लकडाउनका कारणले होला, अनलाइन उजुरी ह्वात्तै बढेको छ ।’

इमेल, वेभसाईट, फेसबुक, भाइबर, टि्वटर, हटलाइन र टोल फ्री नम्बरबाट आयोगमा उजुरी गर्नेको संख्या बढेको हो ।

आयोगले कञ्चनपुर, सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, हेटौडा, बर्दीवास, इटहरी र टंगालस्थित कार्यालयबाट उजुरी लिन्छ ।

गत आर्थिक वर्षमा सबै कार्यालयमा गरेर १६ हजार ९९७ उजुरी परेका थिए । जसमध्ये सबैभन्दा बढी टंगालस्थित प्रधान कार्यालयमा ९ हजार ८५५ उजुरी परे ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रधान कार्यालयमा मासिक औसत ८२१ उजुरी परेका थिए । त्यहाँ यसपटक बैशाखको पहिलो दुई हप्तामै ५०० भन्दा बढी उजुरी परेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार