काठमाण्डौ – शुक्रबार दिउँसो सिंहदरबारको मुख्य गेटमा प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । आफ्नै देश जान पाउनुपर्ने माग गर्दै ४७ जना चिनियाँ नागरिक सिंहदरबार अगाडि धर्ना दिन पुगेका थिए ।

निषेधित क्षेत्रमा धर्ना दिन पुगेपछि प्रहरीले पक्राउ गर्न खोज्दा उनीहरुले प्रहरीमाथि नै हातपात गरेका थिए । उनीहरुले डीएसपी हरीबहादुर बस्‍नेतसहित प्रहरीमाथि हातपात गरेका थिए ।

हातपात गर्ने ४ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४को अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको हो ।

चिनियाँ नागरिकहरु सिंहदरबार गढेटमा पुग्दा ’वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेका थिए ।

एकाएक प्रहरीमाथि नै हातपात गर्ने कामले चिनियाँ नागरिकको चौतर्फी आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार