काठमाडौँ – गायिका अन्जु पन्तले कोरोनाका कारण भएको बन्दबंदीबाट प्रभावित आर्थिकरुपमा कम्जोर भएकाहरुलाई खान खुवाएकी छिन् ।

काठमाडौँ उपत्यकाका विभिन्न १२ स्थानमा विहिवार र शुक्रबार ‘अन्जु पन्त फाउण्डेसन’को तर्फबाट खाना वितरण गरेकी छिन् ।

यो कठिन परिस्थितीमा सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको अन्जु बताउँछिन् ।

अन्जुले भनिन्, ‘लकडाउनको बेलामा घरबाट बाहिर ननिस्की बस्नु पर्ने हो । तर, बिभिन्न ठाउँमा मानिसहरु भोक भोकै हुनुहुन्छ भन्ने खबर सुनेपछि आफू चुप लागेर बस्न सकिन । त्यसैले आफैँ खाना बोकेर बाहिर निस्किए ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार