काठमाडौँ – आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट करको दर नभएर दायरा बढाइने गरी ल्याउन लागेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् ।

आइतबार सङ्घीय संसदमा आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा मन्त्री खतिवडाले कोरोनाको विश्व महामारीका कारण शिथिल भएको मुलुकको अर्थतन्त्र उत्थान गर्न र उच्च चपेटामा परेका निजी क्षेत्रको समस्या सम्बोधन गर्न सरकारले बजेटमा करको दर नबढाउने तर दायरा बढाउने नीति ल्याउन लागेको जानकारी दिए ।

सोही क्रममा मन्त्री खतिवडाले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै कर छुट तथा सहुलियतका कार्यक्रमहरु समेत सरकारले ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।

मुलुकको अर्थतन्त्रको प्रमुख आधारमध्ये निजी क्षेत्र पनि एक प्रमुख क्षेत्र रहेकाले सो क्षेत्रको उत्थानका लागि सरकारले आन्तरिक तथा बाह्य लगानीलाई आकर्षित गर्ने खालका कार्यक्रमहरु समेत ल्याउन लागेको खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार