बिगेन तुलाधर / सौगात मिश्र, काठमाडौँ – भारतले नेपालको भूभाग मिचेर बाटो बिस्तार गरेको बिरोधमा जनता समाजवादी पार्टीले काठमाडौँको बाङ्गेमुढामा प्रदर्शनको तयारी गर्दागर्दै पक्रउ परेका छन् ।

प्रहरीले जनता समाजवादी पार्टीका ९ नेता तथा कार्यकर्ता पक्राउ गरेको पार्टीका केन्द्रिय सदस्य मनराजा शाक्यले जानकारी दिए । पक्राउ पर्नेमा आङकाजि शेर्पा, श्यामकृष्ण प्रजापति, अनिल थापा, रहर बहादुर खड्का, ज्ञानु रत्न महर्जन, परिवर्तन भट्टराइ, सुरज महर्जन, चन्द्रकार महर्जन र मनिष कुमार श्रेष्ठ रहेका छन् ।

सामाजिक दुरी कायम गरेर विरोध प्रदर्शन गर्ने जनता समाजवादी पार्टीको तयारी रहेको थियो । सामाजिक दुरी कायम गरेर सानो संख्यामा भारतप्रति विरोध प्रदर्शन गर्न पनि नदिइनुले आश्चर्य लागेको शाक्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार