काठमाडौँ – नेपालमा मंगलबार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कूल संक्रमितको संख्या २१७ पुगेको छ ।

यसमध्ये काठमाडौँ र भक्तपुर जिल्लामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार भक्तपुर जिल्ला निवासी २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्ला निवासी ३३ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार