वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्।

पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिइन् ।

दुई संक्रमितहरु महानगरपालिकाकै वडा नम्बर १६ र १३ का एकजना १७ र अर्का ३० वर्षका छन्।

अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्।

वीरगन्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार