वीरगन्ज – आफन्तले नै खबर गरेपछि भागेका संक्रमित पक्राउ परेका छन्।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट भागेका  कोरोनाभाइरसका संक्रमित बुधबार राति जगतपुरबाट पक्राउ परेको पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन्।

‘हामीले हिजो राति ९ बजेतिर उनको मामाघरबाट पक्राउ गर्‍यौं,’ उनले भनिन्,’उनको खोजीका लागि आफन्तहरू नै लगाएका थियौं। बेलुकी उहाँहरूकै आफन्तको सहयोगमा पक्राउ गर्‍यौं।’

उनका अनुसार संक्रमित युवाले कसैलाई पनि छोएका थिएनन्।

‘उनी कसैको सम्पर्कमा आएका थिएनन् तर सुरक्षाका लागि हिजो नै घर डिस्इन्फेक्ट गरिसक्यौं,’ उनले भनिन्।

बुधबार दिउँसो नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका थिए। त्यसमध्ये एक जनालाई प्रहरीले केहीबेरमै समातेको थियो। ती संक्रमितलाई पहिला नै लागू औषधको मुद्दामा छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार