कोरोनाको सङ्क्रमण फैलिएका १ सय १३ देशमध्ये ११ देशमा सबै कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

ती देशमा कोरोना सङ्क्रमित कसैको पनि ज्यान गएको छैन । सबै सङ्क्रमित निको भएसँगै ती देशहरु ग्रीन जोनमा परेका छन् ।

फेराे आइल्याण्ड्समा १ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै निको भएसँगै यो देश ग्रीन जोनमा परेको छ । न्यू क्यालिडोनियामा सेन्ट लुसियामा १८-१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा सबैजना निको भएर घर फर्किएका छन् ।

फल्कल्याण्ड आइल्याण्ड्समा १३ जनाा कोरोना सङ्क्रमितमध्ये सबै निको भएर घर फर्किएका छन् । ग्रीनल्याण्डका ११ जना कोरोना सङ्क्रमित पनि निको भएर घर फर्किएका छन् ।

यस्तै पपुवा न्यूगिनी, क्यारिबियन नेदरल्याण्ड्सका ६, सेन्ट बार्थका ६, वेस्टर्न सहाराका ६, अङगिलाका ३, सेन्ट पिएरे मिकेलनका १ जना पनि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार