काठमाडौँ – नेपालकै प्रतिष्ठित मानिएका मिडियामा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु भन्ने खबर बुधबार छ्यापछ्याप्ति प्रकाशित भए ।

कोरोनाको महामारीले त्रसित जनतामा अझै त्रास थपियो । खबर हजारौ मात्रामा शेयर भए, लगभग सबै नेपालीमा खबरले स्थान र चर्चा पायो ।

सेतोपाटी लगायत केहि मिडियाले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई कोरोना संक्रमितको मृत्युको समाचार स्रोत उल्लेख गरेका छन् । मन्त्री बरालले नै मिडियालाई कोरोना संक्रमितको मृत्युको खबर दिएका थिए ।

बुधबार नै क्रिमसन अस्पतालले संक्रमितको मृत्युको खबर सत्य नभएको भन्दै विज्ञप्ति जारी गर्यो । संक्रमितको अवस्था स्थिर तर गम्भिर रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालले संक्रमितको मृत्युको खबरलाई गलत र भ्रामक अतिरन्जित भनेको छ ।

गुल्मीका उक्त कोरोना संक्रमित केहि दिनदेखि बुटवल तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार