काठमाडौँ – कोरोना विरुद्धको औषधिको बिक्रिबितरण गर्ने पहिलो कम्पनीको रुपमा बंगलादेशी बेक्सिमको कम्पनीले दाबी गरेको छ ।

ढाकास्थित बेक्सिमकोले निजी क्लिनिकलाई करीव ७ हजार टाका (७१ अमेरिकी डलर) मा बिक्री बितरण गर्नेछ भने सरकारी अस्पताललाई भने निशुल्क बितरण गर्ने कम्पनीका रब्बर रेजाले जानकारी दिएको ब्लुमबर्गले जनाएको छ । कोरोना विरुद्धको औषधिको नाम ‘ रेम्डिसीभीर ‘ राखिएको छ ।

कोरोना संक्रमितको अवस्था अनुसार यो खोपको प्रयोग जरुरत हुनेछ जसमा सबैभन्दा बढि जोखिममा रहेका संक्रमितलाई छ वटासम्म खोप आवश्यक पर्न सक्ने पनि रेजाले बताए ।

विभिन्न देशहरुबाट चासो आइरहेपनि पुरानो ओषधी बितरण गर्ने बिधिबाट यस औषधि बितरण नगरिने तर कुनै देशका सरकारलाई आवश्यक भए सम्बन्धित देशमा पठाइने पनि उनले जानकारी दिए ।

संयुक्त राष्ट्र संघको औषधिको सर्वाधिकारको लागि पनि कम्पनी प्रतिक्षारत रहेको रेजाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार