वीरगञ्ज – कोरोना संक्रमण देखिएर उपचार गराइरहेका कोरोना संक्रमितहरुलाई वीरगञ्ज महानगरपालिकाले चेवनपरास तथा अन्य जडिबुटी उपलब्ध गराएको छ ।

संक्रमितहरुलाई प्रतिब्यक्ति ५०० ग्राम चेवनपरास तथा ६० ट्याबलेट इम्युनी केयर जडिबुटी उपलब्ध गराइएको महानगरका मेयर विजय कुमार सरावगीले जानकारी दिए । चेवनपरास र जडिबुटीले संक्रमितहरुको इम्युनिटी बढाइ कोरोनासँग लड्ने शक्तिको वृद्धि गर्ने उनको विश्वास छ ।

अस्पतालमा उपचाररत सबै कोरोना संक्रमितको लागि ९९ सेट चेवनपरास र जडिबुटी पठाएको पनि उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार