१३ जेठ २०७७, काठमाडौँ – नेपालले पछिल्लो समय लिपुलेक लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गरेपछि नेपाल भारतसम्बन्धमा दरार उत्पन्न भएको छ ।

नेपाल सरकारको यस कदमको नेपालीले खुलेरै तारिफ गरेसँगै अनेक अड्कलबाजी पनि काटिए । भारतीय नाकाबन्दी पुनः हुन सक्ने विषय चर्चामा रहे ।

पछिल्लो समय भारतका पुर्व सचिव तथा नेपालका लागि पुर्व भारतीय राजदुत श्याम शरण काठमाडौँको मेरियट होटलमा रहेको जानकारहरु बताउन थालेका छन् ।

लकडाउनको समयमा कुटनीतिक शक्तिको प्रयोग गरी नेपाल आएर विभिन्न नेताहरुसँग भेटघाट सुरु गरेको पनि गांइगुइ चल्न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार