काठमाडौँ – अखिल क्रान्तिकारीले सत्ताधारी नेकपाका विद्यार्थी संगठनको संयोजक ऐन महरलाई सत्ताको दम्भ नदेखाउन र आफ्नो औकातमा रहन चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् । अध्यक्ष ढकालले विज्ञप्ति जारी गर्दै आफ्नो मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई कुनै पनि तथ्य र आधार बिना गरेको अनैतिक र गैरराजनीतिक टिप्पणीको घोर निन्दा एंव भत्सर्ना गरेका छन। उनले महरको यो तुच्छ विवेकहिन गैरजिम्मेवारपुर्ण र घृणित टिप्पणीको खारेज गर्दै विगतको महान जनयुद्ब र हाल त्यसको उत्तराधिकारी आफ्नो मातृ पार्टी र यसका हजारौँ शहिद बेपत्ता र घाइते योद्बाहरुको बलिदान र योगदानबाट आजको गणतन्त्र प्राप्त भएको ठोकुवा गरेका छन् ।

अध्यक्ष ढकालले विज्ञप्तिमार्फत आफ्नो विवेकहिन टिप्पणी फिर्ता लिन र सार्वजनिक रुपमा माफी माग्न महरलाई आफ्नो संगठनको तर्फवाट निर्देशन समेत दिएका छन ।

महरले विप्लव माओवादीलाई हत्या हिंसाको माध्यमबाट समाजलाई आतंकित बनाउने, मान्छे मार्ने, धम्की दिने, जबरजस्ती चन्दा उठाउने र जनताको अमनचयन खलबल्याउने कार्यको नेतृत्व गरेको आरोप लगाएका थिए । ‘जनताका प्राप्त अधिकारहरुलाई उग्र क्रान्तिकारिताको नाममा मास्न खोज्ने दुस्साहस पनि बिप्लव समूहबाट भैरहेको र यो प्रवृत्तिले नेपाली जनताको शान्ति र लोकतान्त्रिक गणतन्त्रको जगमा सुख र समृद्धि प्राप्त गर्ने चाहनालाई अवरोध गरेको छ,’ महरले लेखेका थिए ।

उनले नेपाली जनातका वास्तविक दुश्मन बाबुराम र बिप्लवहरु रहेको निष्कर्ष सुनाउँदै पूर्वमाओवादीलाई बाबुराम र विप्लवलाई बिर्सन आह्वान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार