काठमाडौँ – विदेशबाट फर्किने नेपालीलाई सरकारले महानगरमा होटललाई क्वारेन्टिन बनाएर राख्ने निर्णय गरेको छ ।

काठमाडौँ, ललितपुर, भरतपुर र पोखरा महानगरपालिकामा रहेका होटलहरुलाई क्वारेन्टिन बनाउने सरकारको योजना रहेको छ ।

प्रतिव्यक्ति २ देखि ३ हजार रुपैयामा होटललाई क्वारेन्टिन बनाएर प्रयोग गर्न सकिने पोखरा महानगरका मेयर मान बहादुर जिसीले बताए ।

पोखरा र भरतपुर महानगरलाई ५/५ हजार व्यक्तिको लागि क्वारेन्टिनको प्रवन्ध मिलाइदिन सरकारले आग्रह गरेको पनि जिसीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार