काठमाडौँ – निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले मंगलबारदेखि अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन् ।

निवर्तमान अध्यक्ष पुण्य ढकाल उप सचिव पदमा बढुवा भएपछि अध्यक्ष पद स्वत: रित्त भएको थियो । निजामती सेवा ऐन अन्तर्गत उपसचिव देखिका पदमा रहेका व्यक्ति कुनैपनि युनियनमा अवद्ध हुन नपाउने प्रावधान रहेको छ ।

यसै प्रावधान अनुसार अध्यक्ष पद रित्त भएसँगै अध्यक्ष पदको जिम्मेवारी पोखरेलको पोल्टामा आइपुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार