काठमाडौं- कर्णाली प्रदेश सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सेना परिचालनका लागि संघीय सरकारसँग अनुराेध गरेकाे छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षासम्बन्धी अन्य कार्यहरूमा समेत खटिनुपर्ने हुँदा महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्धार तथा क्वारेन्टाइन व्यवस्थापनमा समस्या हुने देखिएकाले सेना परिचालनका लागि अनुराेध गरेकाे हाे।

१२ जेठमा बसेकाे कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सेना परिचालनका लागि संघीय सरकारसँग अनुराेध गरेकाे प्रदेश सरकारकी प्रवक्ता बिमला केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार