काठमाडौं – सुनचाँदीको मुल्य नेपालमा दुई महिनापछि सार्वजनिक गरिएको छ। नेपालमा बजार खोल्ने बतावरण नभएकाले औपचारिक सुनचाँदीको मुल्य सार्वजनिक नगरिएको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा धेरै उतार चढाव आइरहेकाले मंगलबारको सुनको मुल्य ८६ हजार एक सय प्रति तोला र चाँदीको मुल्य ८ सय ९० रहेको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मुल्यमा धेरै उतारचढाव भइरहेको छ तर नेपालमा भने बजार खोल्ने अबस्था छैन यहा काम गर्ने कालिगड पनि नभएको र बजारमा सुनको माग समेत नभएकाले बजार खोल्ने अवस्था नभएको उनले बताए । लकडाउन हुनपूर्व ७७ हजार प्रति तोला रहेको सुन करिब १० हजारले वृद्धि भएको छ । त्यस्तै चाँदीको मुल्य एक सय ७० भन्दा बढी वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार