कैलाली – अनेक मानसिक यातना दिएर श्रीमतिलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै कैलालीमा श्रीमान विरुद्द आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको छ ।

३५ वर्षिया सरिता भण्डारीले मंगलबार बिहान आफ्नै घरमा किट्नाशक औषधि सेवन गरेकी थिइन् । घटना कैलालीको लम्की–चुहा नगरपालिका वडा नं ७ खरौलामा घटेको हो ।

आफ्नी बहिनीलाई अनेक मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै दाजु झंकर बहादुर विष्टले उनका श्रीमान भक्त भण्डारी विरुद्द आत्महत्या दुरुत्सहानको मुद्दा दर्ता गराएका हुन् । विवाह भएको केही वर्ष देखी नै भण्डारीले अनेक मानसिक यातना दिने गरेको विष्टले आरोप लगाएका छन् ।

मुद्दा दर्ता भइसकेको र पक्राउ पुर्जी जारी भएपछि आरोपितलाई नियन्त्रणमा लिने ईलाका प्रहरी कार्यालय लम्किचुहाको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार