काठमाडौं – मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको हो ।

बिहीबार राति गोगंबुबाट बालाजु जादै गरेको  बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार