विराटनगर – शुक्रबार राति १० बजे झापाबाट धरानको बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा भर्ना हुन आइपुगेका कचनकवल गाउपालिकाका २७ कोरोना संक्रमितलाई भर्ना नलिएर रातभर बाहिर राखिएको छ ।

अस्पतालले संक्रमितलाई भर्ना नलिएपछि उनीहरु रातभर अस्पताल बाहिर गाडीमा नै अस्पतालको पाकिङ्गमा बस्नु परेको हो ।

अस्पतालमा ६७ जना संक्रमित यसअघि नै रहिरहेको र तयारी अवस्थाको जम्मा बेड ७० वटा मात्रै भएकाले भर्ना लिन गाह्रो भएको अस्पतालका प्रवक्ता डा. निर्देश सापकोटाले बताए ।

गाँउपालिकासँग समन्वय नगरी आएकाले समस्याले भएको र हाल बेडको संख्या थपिसकिएकाले भर्ना लिने पनि उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार