कैलाली – अनेक मानसिक यातना दिएर श्रीमतिलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कैलालीमा श्रीमान पक्राउ परेका छन् ।

लम्की चुहा नगरपालिकाकी ३५ वर्षिया सरिता भण्डारीले मंगलबार बिहान आफ्नै घरमा किटनाशक औषधि सेवन गरेकी थिइन् ।

आफ्नी बहिनीलाई अनेक मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै दाजु झंकर बहादुर विष्टले उनका श्रीमान भक्त भण्डारी विरुद्द आत्महत्या दुरुत्सहानको मुद्दा दर्ता गरेका थिए । विवाह भएको केही वर्ष देखी नै भण्डारीले अनेक मानसिक यातना दिने गरेको विष्टले आरोप थियो ।

मृतकको श्रीमानविरुद्ध १५ गते उजुरी परेको र उनलाई १६ गते नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले बताए । उनलाई नियन्त्रणमा लिएर आवश्य अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार